१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

तारा एयरको विमान खोज्न गएका हेलिकप्टर फर्किए, खोजीमा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन


१५ जेठ, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हरताइरहेको तारा एयरको दुविन् अटर 9NAET विमान खोज्न गएको हेलिकप्टरहरू खराब माैसकका कारण फर्किएको जनाएको छ । प्राधिकरणले हरवाइ उद्धार खोजका लागि हेलिकप्टरहरू तयारी अवस्थामा रहेको भए पनि खराब माैसका कारण तत्काल सम्भव नभएको जनाएको छ । उसले खोज र उद्धारम स्थाल मार्गबाट सुरक्षाकर्मी परिचालन भैसकेको जनाएको छ ।

यस्तो छ प्राधिकरणको विज्ञप्ति

आज मिति २०७९ जेठ १५ गते तद्नुसार 29 May 2022 आईतवार का दिन पोखरा बाट स्थानिय समय अनुसार बिहान ०९:५५ वजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित उडेको तारा एयर प्रा.लि. को दुविन् अटर 9NAET विमान अन्तिम पटक जोमसोम टावर संग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको ।

विमानको अवस्थाको वारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टर लाई त्यसतर्फ पठाईएकोमा प्रतिकुल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको । काठमाण्डौ, पोखरा तथा जोमसोम बिमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु STAND BY रुपमा रहेकोले मौसममा सुधार आउनासाथ हवाईमार्ग वाट खोज कार्य पुनः शुरु गरिने ।

स्थलमार्ग वाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यस तर्फ प्रस्थान गरि सकेको व्यहोरा जानकारी गराईन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १३:०४