निर्मला हत्या प्रकरणबारे भीम रावलको ट्वीटः अनुसन्धानमा बाधा गर्नु अपराधी जोगाउने खेल
९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले निर्मला पन्तको बालात्कार गरी हत्या गर्नेलार्इ कडा कारबाही गर्नुपर्ने बताएका छन । उनले निर्मला पन्तको वलात्कार र हत्याको निन्दा गर्दै अपराधीलाई तदारुकताका साथ कडा कानुनी कारवाई गर्नुपर्ने बताएका छन ।
नेता रावलले कन्चनपुरमा गोली चल्नु र अराजकता सिर्जना हुनु दुःखद् रहेको समेत बताएका छन । उनले गलत कुराको अफवाह फैलाई हिंसा भड्काउनु र प्रहरीलाई अनुसन्धानमा बाधा गर्नु अपराधीलाई जोगाउने खेल भएकाे पनि बताएका छन ।
सरकारले छानविन समिति समेत गठन गरेर सुरक्षा निकायका प्रमुख नै फेरेर अनुसन्धालार्इ गति दिन खोजेको समयमा अान्दोलन हिंसात्मक बन्नेपछि रावलले यस्तो टिप्पणी गरेका हुन ।
रावलको टिप्पणी जस्ताको त्यस्तै पढ्नुहोस्
निर्मला पन्तको वलात्कार र हत्याको निन्दा गर्दै अपराधीलाई तदारुकताका साथ कडा कानुनी कारवाई गर्नु पर्छ । कन्चनपुरमा गोली चल्नु र अराजकता सिर्जना हुनु दुःखद् हो । साथै गलत कुराको अफवाह फैलाई हिंसा भड्काउनु र प्रहरीलाई अनुसन्धानमा बाधा गर्नु अपराधीलाई जोगाउने खेल हो ।
— Bhim Rawal (@BhimRawal179) August 24, 2018
प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १२:०४