१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउँछुः मेयर विष्ट

९ भदाै, कञ्चनपुर । निर्माला पन्तको हत्यारालार्इ जोगाउन खोजेको र त्यसमा अाफ्नै भतिज जोडिएको हुन सक्ने अाशंकासहित समाचार अाएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले त्यसको खण्डन गरेका छन । उनले दैनिकीसँग कुरागर्दै अाफू अपराध र अपारधिको पक्षमा कहिल्यै नरहेको भन्दै प्रहरीलार्इ सहयोग गर्न अाफ्नै घरको मान्छे छानविनको दायरमा अाए पनि पक्राउ गरेर अनुसन्धान गर्न सहयोग पुर्याउने बताएका छन ।

केही सञ्चारमाध्यममा मेयर विष्टले बलात्कारी जोगाउन भूमिका निर्वाह गरेको हुन सक्ने भन्दै विष्ट थरकै कुनै युवामाथिको शंकाको भरमा अाफूमाथि अारोप लगाउनु गलत भएको भन्दै निर्मला पन्तका हत्यारा र बलात्कारीलाई पत्ता लगाएर हदैसम्मको कारवाही गरिनुपर्ने बताएका छन् । उनले बलात्कारमा संलग्न अपराधी आफ्नै परिवारको सदस्य रहेछ भने पनि प्रहरीलाई बुझाउन र कारवाहीका लागि सघाउन गर्न आफू तयार रहेको बताए ।

 उनले निर्मालको हत्यारा पत्ता लगाउन अाफूले पनि पहल र समन्वय गरिरहेको भन्दै जोसुकै भए पनि कानुनी कठघरमा उभ्याउनुपर्ने बताए । विष्टले अाफ्नो छोरा ११ वर्षको रहेको र उसले त्यस्तो गर्ने कल्पनासमेत गर्न नसकिने भन्दै विगतदेखि नै अाफूमाथि नियोजित रूपमा अाक्रमण भइरहेकोतर्फ ध्यानाकर्ण गराए । राजनीतिक रूपमा समेत क्रियाशील रहेका युवाहरूले शुक्रबार अाफ्नो घरमा तोडफोड गरेको र अागजनीको प्रयास गरेको भन्दै  घटनाको निन्दा गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ११:१३