१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

केपी ओलीको फोटो झुण्डाएर पुण्य गौतम सरकारविरूद्ध आमरण अनसनमा

१२ जेठ, काठमाडाैँ । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले प्रवेश गरेका पुण्य गाैतम केपी ओलीको फोटो झुण्डाएर पुण्य गौतम सरकारविरूद्ध आमरण अनसनमा बसेका छन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि गाैतम अनशनमा बसेका हुन । उनले चार बुँदे माग राखेर अनशनस सुरू गरेका छन । उनले अनशनको व्यानरमा एकापटक अध्यक्ष ओली र अर्को तर्फ एमालेको चुनाव चिन्ह सूर्य राखेका छन ।

उनले पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने, सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने  माग राखेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ०९:४५