नेप्सेमा ७ लाख ३१ हजार बोनस शेयर सूचीकृत
१२ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । बुधबार लघुवित्तको ७ लाख ३१ हजार ९५९.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ०८:२२












