४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा दुई कम्पनीको बोनस शेयर र एक कम्पनीकाे हकप्रद शेयर सूचीकृत

१० जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार साल्ट ट्रेडिङ्ग कर्पोरेशनकाे बोनस शेयर, सेन्ट्रल फाइनान्सको बोनस शेयर र समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २ लाख ३० हजार ४८२.९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै, सेन्ट्रल फाइनान्सको ६ लाख ७८ हजार ३९७.४९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई फाइनान्सले ७.७० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी, समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले फागुन ८ गते देखि २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १६:४७