९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

२३ हजार ५९१ जना भूमिहिनले जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) पाए

१० जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको राष्ट्रपति भण्डारीले बताएकी हुन् ।

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो । राष्ट्रपति भण्डारीले २०७८ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गर्ने र देशलाई मध्य आय भएको मुलुकमा पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताएकी छिन् ।

सन् २०२६ सम्ममा अति कम विकासोन्मुक मुलुकबाट स्तरोन्नती गरिने र त्यसका लागि ठोस योजना कार्यान्वयमा ल्याइने उनको भनाइ छ । यस्तै, कोभिड महामारीको बेला असहज परिस्थितिका कारण अर्थतन्त्रको बाह्य क्षेत्रमा चाप परेको तर विस्तारै विप्रेषण र पर्यटन आयमा सुधार हुँदै गएको राष्ट्रपति भण्डारीको दाबी छ । अब क्रमशः आर्थिक संरचनाहरूलाई सबल बनाउँदै संकटग्रस्त जस्तै बनेको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १६:३६