९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

युएई र टर्कीबाट दश महिनामा नेपाल आयो ४२ क्वीन्टल सुन

१० जेठ, काठमाडाैँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँको सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो ।

सो मूल्यमा ४ हजार २४८.५ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा युनाईटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो दश महिनामा युएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।

यस्तै, सोही अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल आएको छ । गत आर्थिक वर्ष २०७७/७७ मा युएई र टर्कीबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५१ हजार रुपैयाँको ३ हजार ९२४ केजी सुन भित्रिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १४:३६