१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भनुभक्त ढकालको निर्वाचन क्षेत्रमा एमालेको क्लिन स्वीप

९ जेठ, मोरङ । मोरङको ३ नम्बर क्षेत्रका ४ पालिकामा एमालेले क्लिन स्वीप गरेको छ । एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको निर्वाचन क्षेत्र सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, पथरी शनिच्यरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवाहरु विजयी भएका छन ।

बेलबारी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार दिल बहादुर राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी भए । उनले कांग्रेसका उम्मेदवार महेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।

यस्तै पथरी शनिच्यरेमा एमालेका तर्फबाट उम्मेदवार बनेका मोहन प्रसाद तुम्वापो विजयी भएका हुन् । कांग्रेसका नगेन्द्र बहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका थिए ।

यस्तै कानेपोखरी गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षका उम्मेदवार बनाएका थिए । एमालेबाट अध्यक्षका उम्मेदवार बनेका राजमति इङनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भइन् ।

सुन्दर हरैचामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका केदार प्रसाद गुरागाँईले २१ हजार ४ सय ५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शिव प्रसाद ढकाललाई ७ सय २७ मतान्तरले पराजित गरेका हुन् ।  मोरङको ३ नम्बर क्षेत्र भित्र पर्ने ४ पालिका संघीय सांसद भानुभक्त ढकालको निर्वाचन क्षेत्र हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १६:३९