४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अमेरिकी उपमन्त्रीले प्रहरीको स्कर्टिङमा तिब्बती शरणार्थी शिविर भ्रमण गरेकोमा एमालेको आपत्ति

८ जेठ, काठमाडौँ । अमेरिकी उपमन्त्रीले नेपाल प्रहरीको स्कर्टिङमा तिब्बती शरणार्थी शिविर भ्रमण गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ  । पूर्व गृहमन्त्री समेत रहेका नेकपा एमालेका नेता डा भीमबहादुर रावलले नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिवर भ्रमण गरेकोमा कडा आपत्ति जनाएका छन ।

सुरक्षा स्कर्टिङमा उपमन्त्री शरणार्थी शिविर पुगेको भन्दै डा रावलले के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठजोड सरकार रु भन्दै कडा प्रश्न समेत गरेका छन । रावलले ट्वीट गर्दै सरकारको यो कदम गलत रहेको बताएका छन ।

उनले भनेका छन, ‘नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया दूताबासका उपप्रमुखसहित जाउलाखेल, तिब्बती शरणार्थी शिविर पुगेकी छन ! एमसीसी सम्झौता अनुमोदन पछि पहिलो हस्तक्षेपकारी कार्य । के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठजोड सरकार ?’

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आईतवार १४:२४