११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

रोल्पाको गंगादेवमा चुनाव हारेपछि बाँडेको पैसा फिर्ता माग्दै माओवादी नेता (भिडियोसहित)

५ जेठ, रोल्पा । राेल्पामा माओवादी केन्द्रका उम्मेदवारले चुनावअघि मत खरिदका लागि स्थानीय मतदातालाई पैसा बाँडेकाे खुलासा भएकाे छ। गंगादेव गाउँपालिका–५ बाट अध्यक्ष पदका उम्मेदवार मानबहादुर डाँगी अहिले गाउँ–गाउँमा पुगेर आफूले दिएको रकम फिर्ता दिन दबाब दिइरहेका छन्। उनी आफैँ र सहयोगीमार्फत् गाउँ–टाेलमा पुगेर पैसा फिर्ताको लागि स्थानीयमाथि दबाब दिएको एक भिडियो सार्वजनिक भएकाे छ।

स्थानीयले आफूलाई जवर्जस्ती पैसा दिएर अहिले फिर्ता मागिरहेको बताउँछन्। ‘हारेपछि पैसा खायो भनेर बदनाम गरे। मैले त्याेबेला पैसा लिएँ। माओवादीलाई भोट हालिनँ,’ स्थानीय तुलाराम वली बताउँछन्।

कति स्थानीयले त्यो पैसा फिर्ता दिइसके। कतिपय दिने चरणमा छन्। माओवादी कार्यकर्ताकाे पैसा उनैलाई फिर्ता गर्न तम्तयार रहेकाे उनीहरू बताउँछन्। चुनावमा मतदाता बिक्छन्। पैसामा लोभिन्छन्। उनीहरू स्वतन्त्र ढंगले भोट हाल्न पाउँदैनन्। त्यसो हुँदा योग्य र सक्षम उम्मेदवारले चुनाव हार्छन्। ‘पैसा पेल्नेले चुनाव जित्छन्’ प्राय मानिसको पछिल्लो गुनासो यस्तै हुन्छ।

एक कार्यकाल स्थानीय सत्ता चलाएको माओवादी केन्द्र यो निर्वाचनमा कांग्रेससँग पराजित भएको छ। गाउँपालिका अध्यक्ष बीरबहादुर केसी फेरि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार बनेका थिए। तर उनी तेस्रो स्थानमा पुगे। उनै बीरबहादुरलाई एमाले, कांग्रेस र स्वतन्त्रका प्रतिनिधिहरू निर्वाचनमा व्यापक पैसा बाँडेको गम्भीर आरोप लगाएका छन्।

@dainiki.com

राेल्पामा पराजित भएपछि मतदातालाई बाँडेकाे पैसा फिर्ता माग्दै माओवादी नेता

♬ original sound – dainiki.com

प्रकाशित मिति : May 19, 2022 at 8:01 am