९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्ताव पेस, बुधबार र बिहीबार छलफल हुने

३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

उक्त प्रस्तावमाथि ४ र ५ जेठमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:२०