२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

संसदमा आठवटा अध्यादेश पेस

३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा विभिन्न आठवटा अध्यादेश पेस गरिएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न आठवटा अध्यादेश पेस गरिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाव तथा अन्य पातक रासायनिक पदार्थ नियमता अध्यादेश २०७८’ पेस गरेका हुन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पेस गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे अध्यादेश, २०७४’ पेस गरिन् । सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:०८