१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अाज, महासमिति बैठकको मिति तोकिने सम्भावना

८ भदाै, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय सिमितको बैठक अाज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले महासमिति बैठकको मिति र स्थान तोक्ने सम्भावना रहेको छ ।

विधान मस्यौदा समिति गठनमा ढिलाइ भएका कारण महासमिति बैठक टाढिएको विश्लेषण भैरहेका बेला देउवाले अाज मिति तोक्ने तयारी गरेका हुन । देउवाले भदाै अन्तिम साता नै महासमिति बैठक बाेलाउने गरी परामर्श गरिरहेको उनी निकट एक केन्द्रीय सदस्यले दैनिकीलार्इ जानकारी दिए । बैठकले महासमितिको तयारीका सन्दर्भमा आवश्यक निर्णय पनि गर्नेछ ।

केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति र अनुशासन समितिको बारेमा निर्णय लिनुका साथै महासमिति बैठकको तयारीका लागि आर्थिक र सांगठनिक निर्णय पनि लिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कतिपय केन्द्रीय सदस्यले भने दशैँ, तिहार, छठ पर्वलगायतका चाडबाड सकिएपछि मात्र महासमिति बैठक बस्नुपर्नेमा जोड दिएका छन ।

देउवाले महासमिति बैठक टाढा पुर्याउन खोजेको भन्दै महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्धय शेखर कोइराला र सुजाता कोइरालाले अागामी महाधिवेशनमा अघि बढ्ने रणानीति बनाउन सुरू गरिसकेका छन । उनीहरूले देउवा  बिराेधीहरूको मोर्चा तयार गरेर पार्टीको नेतृत्व नियन्त्रणमा लिनेबारे गम्भीर बहस चलाइरहेका छन ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०७:५५