नेकपाको अछाम अध्यक्षमा बमबहादुर बिसी निर्विकल्प
७ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरको एकता अन्तिम अवस्थामा पुगेको छ । ६६ जिल्लामा नेतृत्वको विषय समेत टुंगिसकेको अवस्थामा केही जिल्लामा नेतृत्वका आंकाक्षीहरु धेरै हुँदा समस्या देखिएको छ । नेकपाका प्रभावशाली नेता भीम रावलको गृह जिल्ला अछाममा पनि जिल्ला तहको नेतृत्वका लागि आकांक्षी धेरै देखिएका छन ।
अछाममा अहिलेसम्म हेर्दा बमबहादुर बिसी निर्बिकल्प देखिएका छन् । नेकपाका एक नेताका अनुसार बिसीको नाममा जिल्ला तहका प्रभावशाली नेताहरु एकै ठाउँमा उभिने अवस्थामा पुगेका छन । युवा उमेरदेखि नै शोषित पीडित र अन्यायमा परेका जनताको पक्षमा वकालत गर्दै आएका बिसी २०५४ सालमा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए । अछामको सहकारी आन्दोलको पर्यायवाचीकारुपमा चिनिने नेता बिसी २०४९ सालमा एमाले अखिलको जिल्ला अध्यक्ष बनेर सांगठनिक नेतृत्वमा प्रवेश गरेका थिए ।
बिसीले पार्टी राजनितिमा क्रियाशिल नेता तथा कार्यकर्ताहरु उत्पादनसंग जोडिनु पर्ने अभियान समेत चलाउदै आएका थिए । बिसी संगठन निर्माणमा कति कुशल र क्षमतावान छन भन्ने कुरा साविकको आफ्नो गाविस र आसपासका गाउँहरुमा कम्युनिष्ट पार्टीको संगठनमा रहेको मजबुत पकडले उनको संगठन निर्माणको कौशलतालाई पुष्टि गर्ने नेकपाका युवा नेता रमेश कुँवर बताउँछन । निम्न बर्गाय परिवारमा जन्मेर पनि कम्युनिष्ट पार्टीलाई समाज सेवाको हतियारको रुपमा प्रयोग गरेका बिसीसंग उनको क्रियाशिलता र लगनशिलताको कारण अछामी युवाहरुमा उत्साह पैदा भएको कुँवर बताउँछन ।
पढाइमा समेत अब्बल बिसीले समाजशास्त्र र अनतराष्ट्रिय सम्बन्ध गरि दुई बिषयमा स्नातकोत्तर गरेका छन । तत्कालीन नेकपा एमालेको प्रदेश कमिटी सदस्य एवं युवा तथा खेलकुद बिभाग प्रमुखको रुपमा पार्टी संगठनमा क्रियाशिल बिसी पदिय हिसावमा अध्यक्षमा दाबी गरिरहेका जिल्लाका सवै नेताहरु मध्ये वरिष्ठ मानिन्छन् ।
प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १५:३७