१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्ने होइनः मन्त्री विष्ट

७ भदाै, काठमाडाैँ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारको काम वैदेशिक रोजगार प्रवर्द्धन गर्नु नरहेको स्पष्ट पारेका छन ।

बिहीबार संसदको उद्योग वाणिज्य उपभोक्ता तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री बिष्टले आन्तरिक रोजगारीमा युवालाई आवद्ध गर्दै देशभित्रै सम्मानजनक रुपमा श्रम गर्ने वातावरण तयार गर्न सरकार लागि परेको पनि बताए ।

उनले बाध्यता बनेको वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै  त्यसलाई व्यवस्थापन गर्ने काम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गर्ने बताए ।  उनले बोर्डको नाम समेत फेरेर ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने जानकारी दिएका छन ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार १३:२८