टिकट वितरणदेखि नेतृत्व चयनसम्म महिलाप्रति अनुदार अष्टलक्ष्मी, यसरी हुँदै छ आलोचना
६ भदौँ, काठमाडौँ । तत्कालीन नेकपा एमालेको उपाध्यक्ष समेत रहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य नेतृत्व विकासमा महिलाप्रति अनुदार देखिएकी छिन । आफू महिला भएकै कारण मुख्यमन्त्री हुन नपाएको भनेर गुनासो र पार्टी नेतृत्वको आलोचनासमेत गर्न भ्याएकी शाक्यले आफैँले नेतृत्व गरको प्रदेश ३ अन्तर्गतको जिल्लाहरुको नेतृत्व चयनमा महिलाहरुप्रति चरम अनुदारता प्रस्तुत गरेकी छिन ।
गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणदेखि पार्टी एकीकरणका लागि जिल्ला कमिटीको समायोजनको काम अन्तिम चरणमा आइपुग्ने समयसम्ममा शक्य आफैँले महिलाप्रति कस्तो दृष्टिकोण बोक्छिन र कस्तो व्यवहार गर्छिन भन्ने कुरा व्यवहारमै देखिएको छ । नारा र भाषणका लागि महिला अधिकार र महिला नेतृत्व स्थापित गर्नुपर्छ भनेर घण्टौँ भाषण गर्ने क्षमता राख्ने शाक्य नै महिलाप्रति अनुदार भएपछि उनको आलोचना सुरु भएको छ ।
प्रदेश ३ अन्तर्गतको १७ कमिटीको नेतृत्वको सिफारिस गर्ने बेलामा आफैँ प्रमुख पात्र रहेको कार्यदलबाट उनले एक जना महिलाको नाम पनि पठाईनन् । उनले सकिनन् भन्दा पनि उनले चाहिनन् भन्ने पक्ष बलियो बनेको भन्दै उनको चर्को आलोचना भैरहेको छ । बोली र व्यवहार फरक गर्ने नेपालीहरुको बानीनै हो त्यो बानी महिला नेतृत्व स्थापित गर्नुपर्छ भन्ने सवालमा अष्टलक्ष्मी शाक्यकोमा पनि देखिएको छ ।
नेतृत्वकाे दाैडमा महिला नभएर सिफारिस नगरेको भए पनि हुन्थ्यो तर धेरै महिला दाैडमा हुँदाहुँदै उनले तीनलार्इ नेतृत्वमा स्थापित गराउने चाहै राखिनन् । उनले विगतमा महिलाहरुको अधिकारका निम्ति लडेको लडाइँलाई कसैले नजरअन्दाज गर्न सक्दैन यद्यपी शाक्यले किन एक जना पनि महिला नेतृत्व छान्न चाहिन्न भन्ने विषयमा भने नेकपाकै धेरै कार्यकर्ताले प्रश्न उठाएका छन ।
हामीले धेरै मध्येबाट तीन जनाको प्रतिनिधि प्रतिक्रिया यहाँ प्रस्तुत गरेका छौँ ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १८:१३