नेकपाको जिल्ला एकीकरण ६६ मा टुंगियो, ४० पूर्व एमालेले पाउँदा पूर्व माअोवादी २६ (सूचीसहित)
६ भदाैँ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला तहको एकीकरण पनि अन्तिम अवस्थामा पुर्याएको छ । अहिलेसम्म ६६ जिल्लामा एकीकरणकाे खाका तयार भएको छ । जिल्ला एकीकरणा कार्यदलले टुंग्याएार प्रदेश कार्यदलले समेत टुंग्याएको ६६ जिल्ला मध्ये पूर्व एमालेले ४० जिल्लाको नेतृत्व पाएको छ भने २६ जिल्लामा पूर्व माअोवादीले नेतृत्व पाएको छ ।
यस्तो छ भागवण्डा र सहमति
प्रदेश–१ मा पूर्व एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । त्यस्तै पूर्व माओवादीले संखुवासभा र खोटाङको नेतृत्व पाउने सहमति जुटेको छ भने ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण विवाद कायमै छ ।
प्रदेश–२ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने अनाैपचािरक समझदारी बनेको छ । प्रदेश–२ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।
प्रदेश–३ को मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व पूर्व एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ । यद्यपी नुवाकोटको हकमा पूर्व एमालेहरू असन्तुष्ट बनेका छन ।
गण्डकी प्रदेशमा विवादका कारण एउटा जिल्लाको पनि नेतृत्वको विषय टुंगिन सकेको छैन । विवाद कायमै रहे सचिवालय बैठकले टुंगो लगाउने गरी तयारी भैरहेको बुझिएको छ ।
प्रदेश–५ मा पूर्व एमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । त्यस्तै पूर्व माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन कसले लिने भन्नेमा कुनै टुंगो लागेको छैन । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पाको नेतृत्व पाउने भएको छ ।त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने बुझिएको छ ।
प्रदेश–७ का ९ जिल्लामध्ये पूर्व एमालेले कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने भएको छ भने पूर्व माओवादीले कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङको नेतृत्व पाउने भएको छ ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १६:१२