११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

राजदूत सिफारिसमा बधार्इ खाएका उप्रेती र पाण्डेले थप बधार्इ नपाउने !

६ भदाै, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकबाट राजदूतमा नियुक्तिका लागि सिफारिस भएको भनेर बधार्इ खाएकाहरू तनावमा परेका छन । गत असार ३२ गतेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपालको राजदूतमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिस गरेको सार्वजनिक भएपछि हेडलाइन समाचार बन्यो र उप्रेती र पाण्डेले बधार्इ पनि खाए तर अहिले उनीहरूको सिफारिसको निर्णय नै हराएको चर्चा चलेको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेको ३५ दिन बितिसक्दा पनि दुवैजनाको नाम अहिलेसम्म संसदीय सुनुवाइ पक्रियामा नगएपछि निर्णय हराएको अाशंका गरिएको छ । 

राजदूत नियुक्तिका लागि उप्रेती र पाण्डेको नाम ३२ गतेको मन्त्रिपरिषदले सिफारिस गरेको त्यसबेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका थिए । तर, मन्त्रिपरिषदले राजदूत नियुक्तिका लागि गरेको उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा भने राखिएको छैन । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा असार ३२ गतेका ६० वटा निर्णय राखिएपनि राजदूत नियुक्तिसम्बन्धी कुनै निर्णय नै छैन । त्यसकारण उप्रेतीले अहिलेसम्म् खाएको बधार्इमा थप बधार्इ खाने सम्भावना कम देखिन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०९:१५