१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सुनमा कालोबजारी, बजारमा कृत्रिम अभाव सिर्जना

६ भदाैँ, काठमाडाैँ । सुनमा कालोबजारी गर्न व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेका छन । अहिले बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।

आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।

सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । नागरिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०८:४३