११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

पाँच जना अध्यक्ष रहेको राजपामा, २९ महासचिव, पदाधिकारीले नै पाएनन् कुर्सी

६ भदाै, काठमाडाैँ । पाँच जना अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी राजपाले २९ जना महासचिव बनाएको छ । पदाधिकारी जम्मो हुँदा उनीहरूले नै बस्ने कुर्सी पाउन सकेका छैनन । इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले साढे दुई दर्जन नेतालाई महासचिव बनाएको छ ।

केन्द्रीय समिति ८ सय १५ जनाको रहेको राजपामा २९ जना महासचिव रहेका छन । अध्यक्ष मण्डलमा एक जना संयोजक रहने व्यवस्था छ, राजपामा अध्यक्ष मण्डलका ५ जना सदस्य छन् । बबरमहलमा रहेको नेपाल मधेसी निजामति कर्मचारी मञ्चको कार्यालयमा पार्टीको काम कारबाही हुँदै आएको छ ।

कार्यालयमा संयोजक महन्थ ठाकुरको एउटा कोठा छ, बाँकी अध्यक्ष मण्डलका सदस्यले पनि १/१ कोठा पाएका छन् । महासचिवलाई एउटै कोठमा धेरै कुर्सी राखिएको छ र अध्यक्ष मण्डललाई कसैले संयुक्त, भेट गर्न चाहे अर्को कोठा छुट्याइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार ०८:१०