मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने, एक महिनाभित्र द्विपक्षीय सम्झाैतामा हस्ताक्षर हुने
५ भदाै, काठमाडाैँ । मलेसिया सरकारले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने नयाँ प्रस्ताव नेपाल सरकार समक्ष राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मलेसियाले शनिबार द्विपक्षीय समझदारी एमओयू गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने उल्लेख गरेको छ ।
मलेसिया जाने कामदारसँग विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको छ । मलेसियाले गरेको प्रस्तावमाथि छलफल भैरहेको मन्त्रालय स्रोतले बताएको छ ।
पछिल्लोपटक नेपालले उठाएका कामदारका मुद्दा सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेकाले बढीमा एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने मन्त्रालयका एक सहसचिवले बताए ।
प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार १८:३६