११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

नेकपा नुवाकोटको नेतृत्व विवाद, नेतृत्वमा पूर्व एमालेको दाबी कायमै

५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको एकीकरणपछिको अध्यक्षमा पूर्व एमालेले अध्यक्षमा अाफ्नो दाबी नछाडेको जनाएको छ । नेकपाको एकीकरण भैसकेको र पूर्व माअोवदीले अध्यक्ष र पूर्व एमालेले सचिव पाएको भनेर समाजिक सञ्जलमा चर्चा भएपछि अध्यक्षको प्रतिस्पर्धामा रहेका पूर्व सांसद समेत रहेका नेकपाका नेता राजेन्द्र प्रकाश लोहनीले नुवाकोटको सन्दर्भमा कुनै निर्णय नभएको जानकारी दिए ।

लोहनीले दैनिकीसँग भने ‘नुवाकोटको एकता कार्यदलमा म पनि छु, त्यहाँ संख्याको मात्र कुरा भएको हो । नेतृत्वको विषयमा कुरा उठे पनि कुनै निर्णय भएको छैन ।’ नेता लोहनीले नुवाकोटमा पूर्व एमालेले नेतृत्व छाड्नु पर्ने कुनै कारण नरहेको बताए  । उनले नुवाकोटको नेतृत्व पूर्व एमालेको तर्फबाट प्रस्तुत गरिएको अडानबाट पछि नहट्ने समेत स्पष्ट पारे । नेता कार्यकर्ताको भावना पनि बुझ्नुपर्छ र छलफलबाट नेतृत्वले निर्णय लिने कुरामा म विश्वस्त छु नेता लोहनीले भने ।

नेकपाका नेता समेत रहेका नुवाकोट प्रतिनिधिसभा २ क का सांसद केशव पाण्डेले पार्टीको जिल्ला कार्यदलले सहमति जुटाउन नसेकको विषयमा स्थायी समितिले निर्णय गर्ने भएकाले हल्लाका पछि नलाग्न अाग्रह गरेका छन । उनले भने ‘अध्यक्ष र सचिव दुबैका बारेमा निर्णय भएको छैन नेतृत्वमा पूर्व एमालेको दाबी कायम रहेकाे छ ।’

त्यस्तै नुवाकोटकै प्रतिनिधिसभा १ प्रदेशसभा ख का सांसद बद्री मैनालीले नेतृत्वको निर्णयको विषयमा हल्का प्रचार गर्नु अावश्यक नरहेको बताए । उनले दैनिकीसँग कुरा गर्दै नुवाकोटमा पूर्व एमालेले नेतृत्व छाड्नुपर्ने कुनै कारण नरहेको बताए । प्रदेश कार्यदलले भने नेतृत्व पूर्व माअोवादीलार्इ दिने सहमति गरेको बुझिएको छ । नेतृत्वको विषयमा कार्यदलको नाममा निरंकुशता लाद्न खोजे पार्टी नेतृत्वको निर्देशन समेत अवज्ञा गर्ने तयारी नेताहरूले गरेका छन । यद्यपी नेतृत्वले छलफल गरेर निर्णय लिने अवस्थामा भने त्यसका लागि तयार रहेको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार १८:२६