१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विराटनगरमा घरघरमै पाइपबाट ग्यास, प्रधानमन्त्री अोलीले अाज उद्घाटन गर्दै

५ भदाै, काठमाडाैँ । प्रदेश नम्बर १ को मोरङमा रहेको विराटनगर महानगरपालिकामा अब पाइपबाटै घरघरमा ग्यास वितरण हुने भएको छ । १ सय ३५ घरमा पाइपबाट ग्यास जडान भैसकेको अवस्थामा अाज प्रधानमन्त्री केपी शर्मा अोलीले त्यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले पाइपबाट घरघरमा ग्यास वितरणकाे अाज उद्घाटन गर्ने भएपछि विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा  निक्कै चहलपहल देखिएको छ । गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि गरिरहेक छ । यो ग्यास एलपी ग्यास भन्दा सस्तो पर्ने भएपछि स्थानीयहरू पनि दंग परेका छन ।

तस्बीरः सुमन तिमल्सिना उज्यालो अनलाइन।

प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु भएको हो ।

 एलपी ग्यासको एक सिलिन्डरमा भएजति बायो ग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने समितिले जनाएको छ । तत्कालीन प्रधानमन्त्रीले हावादारी सपना बाँडेको भन्दै आलोचना गरिएको भए पनि सानो आकारमा पाइपबाट ग्यासको वितरण विराटनगरमा सफल आयोजनाका रूपमा देखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ०९:१०