१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एमालेको पक्षमा सिर्जना भएको जनलहरलाई विजयमा परिणत गर्न विशेष प्रदेश कमिटीको अपिल

२३ वैशाख, ललितपुर । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मुलुकको विकास र समृद्धिको पक्षमा मतदान गर्न सम्पूर्ण मतदातासँग नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले आह्वान गरेको छ ।

श्रमिक, युवा, विद्यार्थी, उद्योगी, व्यवसायी तथा पेशाकर्मीहरुको तर्फबाट गरिएको अपिलमा देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने अभियानलाई सफल पार्ने स्पष्ट दृष्टिकोण नेकपा (एमाले) सँग मात्र रहेको र यो अभियान सफल पार्न स्थानीय तहदेखि नै नेकपा एमालेले नेतृत्व गर्नु आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ ।

पाँचबर्षमा हुने निर्वाचनमा मताधिकार सही ठाउँमा पर्यो भने मात्र यसले हाम्रो भाग्य र भविष्य निर्धारण गर्छ भन्ने कुरा बुझ्नुपर्ने समय आएको उल्लेख गर्दै अपिलमा नेकपा (एमाले) का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउन अपिल गरिएको छ ।

शुक्रबार यहाँ एक कार्यक्रमको आयोजना गरी अपिल सार्वजनिक गरिएको हो । कार्यक्रममा नेकपा (एमाले ) का पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इञ्चार्ज सुजिता शाक्यले देशभर नेकपा(एमाले)को पक्षमा चुनावी लहर आएको अवस्था औल्याउँदै यो जनलहरलाई विजयमा परिणत गर्न सबैजना निर्वाचनमा खट्नुपर्ने वताउनुभयो ।

उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा उपत्यका विशेष कमिटीका सह इन्चार्ज बीना श्रेष्ठले मतदानका लागि अब थोरैमात्र दिन बाँकी रहेको भन्दै पार्टीका सबै नेता कार्यकर्ता पार्टीका उम्मेदबारलाई जिताउन आ–आफ्ना पालिका र वडामा विशेष रुपमा खट्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले उपत्यकाका तीन जिल्लामा संयोजक तोकी प्रदेश कमिटी, चार जिल्ला कमिटी, इलाका कमिटीहरुमा आवद्ध ३२ हजारभन्दा बढी पार्टी सदस्यहरुलाई निर्वाचनमा परिचालित गरेको छ ।

उपत्यका प्रदेश कमिटीले प्रकाशित गरेको अपिल यस प्रकार छ ः

श्रमिक, युवा, विद्यार्थी, उद्योगी, व्यवसायी तथा पेशाकर्मीको आह्वान
सूर्यमा मतदान

आदरणीय न्यायप्रेमी जनसमुदाय !
हामी न्याय चाहन्छौँ । मुलुकको हित, आफू र आफ्ना भावी सन्ततीको भविष्यको सुनिश्चितता चाहन्छौँ । हाम्रो सपना समृद्ध नेपाल र सुखी नेपाली भएको सुन्दर र सुशासनले हराभरा भएको नेपाल बनाउने हो, हामी त्यो चाहन्छौँ । हामीले जिताएका जनप्रतिनिधिहरू अमुक व्यक्ति वा ‘गठबन्धन’प्रति होइन कि जनताप्रति जवाफदेही र उत्तरदायी भएको हामी चाहन्छौँ । हाम्रो गाउँ, टोल, वडा र पालिकाहरूमा विकासको लहर, मुलुकको समृद्धि सहित हाम्रो आफ्नो जीवनमा सुख, शान्ति र उन्नति चाहन्छौँ । हाम्रा यिनै चाहनाहरू आज सही ठाउँमा मतदान गरेर पुरा गर्नुपर्ने सुनौलो अवसर हाम्रा अगाडि आएको छ । चुनावका बेला सही नेतृत्व चयन गर्न सकिएन भने गलत नेतृत्वका कारण मुलुक सधैँ अस्थिरतातर्फ धकेलिने, विकास, उन्नति, प्रगति, शान्ति र अमन चयन पनि खलबलिने रहेछ भन्ने हामीले पटकपटक भोगेका र देखिसकेका छाँै । त्यस्तै नेकपा(एमाले) नेतृत्वको साँढे तीन वर्षको शासन कालमा भएको उच्चदरको प्रगति पनि हेरेकाछौं । कोरोना महामारीमा बेला तिनै तहको सरकारको कुशल नेतृत्व, संयोजन र समन्वय नहुँदो हो त हामीले यो भन्दा कैयौं गुणा बढी जनधनको क्षति व्यहोर्न बाध्य हुने थियौं ।
त्यसैले, आज हामी जनता वास्तवमै सही न्यायाधीश बन्ने भूमिकामा छौँ, दुधको दुध र पानीको पानी छुट्याउनु पर्ने घडीमा उभिएका छौँ । जनता जनार्दन भनेको यति नै बेला पुष्टि हुने हो । किनभने हाम्रो हातमा हाम्रो आफ्नो मतको अधिकार छ । मत भनेको पनि एकप्रकारको न्यायदण्ड हो । यो न्यायदण्डले गलत नेतालाई पराजय र सही नेतालाई विजयको फैसला गर्ने गर्छ । मताधिकार सही ठाउँमा प¥यो भने मात्रै यसले हाम्रो भाग्य र भविष्यको सही फैसला हुनसक्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने बेला आएको छ ।
मतदान गर्नुअघि कम्तीमा एकपटक सोचौँ– कि हामीले दिएको मत लिएर राज्यसत्ताको केन्द्रमा पुग्नेहरु के साँच्चिकै हामी जनता, हाम्रो देश नेपालप्रति सच्चा इमान्दार रहे त ? कम्तीमा यी यक्ष प्रश्नहरू एक पटक सोध्ने हिम्मत गरौं— देशको मिचिएको भू–भाग समेटेर चुच्चे नक्सा जारी गर्दा, सार्वभौम नेपाल र नेपाली जनता पनि विश्वका जुनसुकै मुलुकका जनता सरह स्वतन्त्र छन्, समान छन् भनेर आवाज उठाउँदा, सरकार अस्थिर बनाउने र गठबन्धनका नाउँमा मुलुकमा लुटतन्त्र चलाउनु हुन्न भनेर बोल्दा, देशको उन्नति, प्रगति र समृद्धिको झण्डा उठाउँदा, समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्छ भनेर बोल्दा— के सरकार ढाल्नै पर्छ ?
एउटा सरकारलाई एक कार्यकालसम्म पनि टिक्न नदिने तर देशको संविधान मिचेर, जनमतलाई कुल्चेर आफ्ना छुद्र स्वार्थ पुरा गर्न अनेकौँ काण्ड मच्चाउनेहरु के साँच्चिकै देश र जनताप्रति जवाफदेही छन् त ? अदालतलाई दुरुपयोग गरेर सत्ताशिन भएकाहरूले अहिले के गरे र कुन काम चैँ राम्रो ग¥यो त भनेर घोत्लिएर सोंच्ने हो भने यिनले यिनले गरेको देखिने काम भनेको— विदेशीका लागि ‘कम्फर्टेबल’ हुने, स्रोत नखुलेको अर्बौं कालो धन भित्र्याउन राष्ट्र बैैंकमाथि धावा बोल्ने, बजेट होलिडेदेखि गलत मान्छेहरू पोस्दै मुुलुकको अर्थतन्त्र रसातलमा पु¥याउने, महँगी, भ्रष्टाचारमा मस्त हुनेदेखि प्रहरी प्रशासन र न्यायालयमा जथाभावी प्रहार गर्ने, सबै तहमा महिला नेतृत्वको ग्यारेन्टी गरेको संविधान नै मिचेर गठबन्धनका नाउँमा महिलाको सहभागिता र महिला नेतृत्व विकासको भागै खोसेर महिला आन्दोलन र दशकौँदेखिको उपलब्धि दिनदहाडै हनन् गर्ने अधिकार गठबन्धनकारीहरूलाई हामी जनताले दिएका हौँ र ? किन यतिसम्मको अन्याय गर्दै छन् यिनीहरू ? हामीले जवाफ माग्नु पर्दैन र ?
मुलुकको चुच्चे नक्सा गुपचुप बुच्चे बनाएर प्रभु भक्तिमा लम्पसार पर्ने बाहेक परमादेशी सरकारले के मुलुक र जनताको हित रक्षाका लागि कुनै उल्लेखनीय काम गरेको छ ?
यस्ता प्रश्नहरूमाथि केही बेर गम्भिर भएर सोंच्न आवश्यक छ । यसको सही जवाफ तपाईंहामीले यो गठबन्धनका नामको वितण्डावादीहरूबाट पाउन सक्तैनाँै भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । अब हामी मतदाता, हाम्रो देश नेपालप्रति जवाफदेही हुने नेतृत्व, सुशासन, विकास र समृद्धिको योजना र स्पष्ट दृष्टिकोण भएको संस्थागत रूपले अनुशासित, पारदर्शी, देशभक्त राजनीतिक पार्टी र तिनका इमान्दार प्रतिनिधिहरुलाई छान्नुपर्ने बेला आएको छ ।
तसर्थ हामी युवा, विद्यार्थी, मजदुर, पेशाकर्मी, उद्योगी, व्यवसायी सबै तह र तप्काका देशभक्त नेपालीहरू यतिबेला यी र यस्तै प्रश्नले चिन्तित छौँ । अबको निर्वाचनमा हामीले मतदान गर्ने नेता कसरी चयन गर्ने भन्नेबारे तपाईंहरूको घरदैलोमा सही सन्देश दिन आएका छाँै ।
 हामी कस्तो राजनीतिक दल चाहन्छौँ ?
त्यस्तो दल, जुन राष्ट्रियता, देशभक्ति र जनताप्रति जवाफदेही होस्, लोकतन्त्र प्रति इमान्दार भएर लागोस् !
जस्तै– नेकपा एमालेले देशभक्तिको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको हामीलाई थाहै छ । यो देशभक्तिले हामीलाई पटक पटक भीमसेन थापा, अमर सिंह थापा, बलभद्र कुँवरजस्ता देशभक्त वीरवीरङ्गनालाई सम्झाउने काम गरेको छ । प्रधानमन्त्रीका रूपमा केपी ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीको नक्सा जारी गरेको, पारवाहन सम्झौता मार्फत् नेपाल ‘ल्यान्डलक’ बाट ‘ल्यान्डलिङ्क्ड’ मुलुकको रुपमा पहिलो पटक स्थापित भएको छ अव फेरी कसैले नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख कष्ट दिन नसक्ने बनाएको छ ।
 हामी कस्तो नेता छान्छौँ ?
हामीले छान्ने नेताहरूले नै मुलुक कतातिर लैजान्छन् भन्नेतर्फ हाम्रो ध्यान जान जरुरी छ । विगतमा नेपाली काँग्रेस र शेरबहादुर देउवालाई सत्ता दिँदा मुलुक पटक पटक दुर्घटनामा परेको हामीले भोगेकै हौँ । कहिले सत्ता राजालाई बुझाउने, कहिले सर्वाेच्चका प्रधानन्यायाधीश माथि जाइलाग्ने, कर्मचारी र प्रहरी प्रशासनमा जहिले पनि विधि मिचेर मनपरी गर्ने, भारतले नाकाबन्दी गर्दा नाकाबन्दी हो भन्न नसक्ने, भूकम्पको महामारीमा परेर जनताहरु गाँसबास गुमाउँदा समेत जस्तापाता खाने, भारतीय एसएसबीले तुइन काटेर नेपाली युवा जयसिंह धामीको हत्या गराउँदा पनि चुइँक्क बोल्न नसक्ने, सीमामा रहेको जंगे पिलर सारेर नेपाली भूमी मिचिंदासम्म प्रभुकै पाउमा मुलुकको सार्वभौम संसदले पारित गरेको चुच्चे नक्सालाई बुच्चे नक्सा बनाएर लम्पसार पर्ने अवसरवादी र जनहितविरोधी चरित्रका नेता हामीले छान्नु हुँदैन भन्ने हाम्रो अपिल छ ।
 हामी विकास र समृद्धि त चाहन्छाँै तर कसरी ?
समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा मार्फत् हामी देश र जनतालाई समृद्ध र सुखी बनाउने भिजन सहित अघि बढेका छौँ । यही भिजन मार्फत् हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन चाहन्छौँ । नेकपा एमालेबाहेक यस्तो भिजन अघि बढाउन आजका अन्य कुनै दलहरु तयार देखिएनन् भन्ने कुरा पुष्टि भइसकेको छ । उनीहरू आफूले जसरी नी जित्नु पर्ने, अपवित्र गठबन्धन बनाएर जनताको खुन पसिनाबाट बनेको राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउन जम्वे मन्त्रीमण्डल बनाएर विकास बजेट कटौति गर्ने, राज्यको कोषको दुरुपयोग गर्दै सत्ता भागबण्डा गर्ने जस्ता अमानवीय निकृष्ट काम मात्र गर्न सक्छन् ।
त्यसैले हामी वृद्धवृद्धाहरुलाई सम्मान गर्ने साथै वहाँहरुको ज्ञान, सीप र अनुभवको प्रयोगबाट समाजमा सकारात्मक रुपान्तरण ल्याउने, सामाजिक सुरक्षा भत्ता मार्फत् जीविकाको ग्यारेन्टी गरेर, वृद्ध, बालबालिका, युवा, श्रमिक सबैलाई समान अवसर प्रदान गरेर मुलुक बनाउन चाहन्छाँै भन्ने कुरा एमालेका विगतका सबै सरकारले पुष्टि गरेको सत्य हो । सबै जनतालाई आत्मसम्मानका साथ बाँच्न सक्नेगरी जीवनप्रति आशा जगाएर, राष्ट्रिय पुँजिपतिहरुको संरक्षण र प्रवद्र्धन गरी दलाल नोकरशाही पुँजिपतिहरुलाई नियन्त्रण र सन्तुलनको माध्यमबाट गरिवी र निराशालाई चिर्दै सभ्य, शान्त, सुरक्षित, समृद्ध मुलुक बनाउन चाहन्छौँ ।
 हामी मातृशक्ति महिलाहरुलाई सम्मान गर्दै राष्ट्र निर्माणको काममा समर्पित बनाउन चाहन्छौँ !
दशकाँैदेखि लडेर यतिबेला संविधानले नै स्थानीय तहमा ४० प्रतिशत, प्रदेश र केन्द्रमा महिलाको ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गरिसकेको र समानुपातिक समावेशी सहभागिताको लक्ष्यउन्मुख भैरहेको अवस्थामा गठबन्धनका नाममा पालिकाको प्रमुख उपप्रमुखमा महिला प्रमुख भए पुरुष उपप्रमुख र पुरुष प्रमुख भए महिला उपप्रमुख हुनुपर्ने संविधान र कानूनको भावना र मर्म विपरित परमादेशी गठबन्धन सत्तापक्षले मिलेमतो गरी बहुसंख्यक पालिकाहरुमा दुबै पदमा पुरुष उठाउनाले महिला नेतृत्व सहभागिताको अवसर लुटिएको छ । दिएको अधिकार नै खोस्न उद्दत रहनेहरूले महिलाको आत्मसम्मान गर्छन् भनेर हामी कसरी पत्याउने ?
 के हामी हाम्रो गाउँ, वडा, पालिका र मुलुकको विकास, स्थिरता, सुशासन र समृद्धि चाहन्छौँ ?
यो कुरा ‘कम्फर्टेबल’ सरकार चलाउन चाहनेहरू चाहँदैनन् भन्ने कुरा पनि पटक पटक पुष्टि भैसकेको छ । यिनले पटक पटक चलाएका सरकार र नेकपा एमालेले चलाएको सरकारका काम र शैली हेर्दा पनि यो कुरा प्रष्ट हुन्छ । गाउँगाउँमा बाटो, बत्ती, नहर, सिंचाई, एक घर एक धारा कार्यक्रममार्फत घरघरमा स्वच्छ पिउने पानी, धारा, बिजुली, पाइपलाइनबाट ग्यास आपूर्ति, सडक, हवाइ मार्ग, सुरुङ मार्गहरुको निर्माण, महँगी र भ्रष्टाचार नियन्त्रण गर्ने, युवाहरुलाई रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार र आत्मनिर्भर, स्वाभिमानी बनाउन, खेलाडी युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरसम्म नेपाल र नेपालीको शान, मान र गौरव बढाउने गरी हौसला र संरक्षण गर्न, राष्ट्रको स्वाधीनता रक्षाको पहरेदार बनाउन युवाहरुलाई तालिम र प्रशिक्षणहरु दिंदै सबल र सचेत बनाउने लगायत अनगिन्ती कार्यक्रमहरु मार्फत गाउँदेखि सहरसम्म आफ्नो सरकार हुँदा प्रभावकारी ढंगले कार्यान्वयन गरेको छ । अव हामी यो भन्दा उन्नतस्तरको विकास गर्न चाहन्छौँ ।
नेकपा(एमाले)का सूर्य ध्वजावाहक उम्मेद्वार नै किन चुन्ने ?
ड्ड जनताको जीवन स्तरमा उन्नत बनाउन
ड्ड स्थानीय तहमा शान्ति, सुशासन र पारदर्शिता कायम राख्न
ड्ड सिंहदरबारको अधिकार स्थानीय तहका सरकार मार्फत् जनताको घरघरमा पुर¥याउन
ड्ड हाम्रा गाउँ घर, सहर, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरुलाई स्वच्छ, हराभरा, पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न÷गराउन
ड्ड गठबन्धनका नाममा स्थानीय तहका सरकार लुट्ने र अस्थिरता मच्चाउन चाहनेलाई परास्त गरी परामादेशीको ठाउँमा जनादेशीलाई स्थापित गर्न ।
ड्ड व्यक्ति वा अमुक व्यक्तिप्रति जवाफदेही नभई साँच्चिकै जनताप्रति जवाफदेही बनाउन उत्तरदायीपूर्ण लोकतन्त्र चलाउन
ड्ड संविधानप्रदत्त मौलिक हक, अधिकार, महिला अधिकार, विकास र समृद्धिलाई सुनिश्चित गर्न÷गराउन
ड्ड संधैभरि जनताको सुखदुःखको साथी, ज्येष्ठ नागरिकहरुको लौरो, युवाहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहेका राजनीतिक दलको प्रतिष्ठा उँचो बनाउन ।
ड्ड सामन्तवाद र पितृसत्तालाई जरैदेखि उखेल्न, दलाल नोकरशाही पुँजिपतिको पक्षपोषकलाई परास्त गर्न, महिला, जनजाति, दलित, मधेशी, विपन्न, सीमान्तकृत, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र समुदायको हित र अधिकारलाई संधै बचाइराख्न र उनीहरुको नेतृत्व र व्यक्तित्व विकास गरी राज्यको मूल प्रवाहमा ल्याउन ।
 डिजिटलाईज्ड नेपाल बनाउने अभियान मार्फत पारदर्शी, जवाफदेहीपूर्ण, भ्रष्टाचारमुक्त, हिंसामुक्त समाज निर्माणका लागि विकास निर्माणको गरी समुन्नत राष्ट्र बनाउन ।
 विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धिः स्वदेश मै रोजगारी सम्मान र समृद्धिको कार्यक्रममार्फत हरेक पालिकाहरुबाट श्रम, शिक्षा र रोजगारीका लागि विदेशिनु पर्ने अवस्थालाई अन्त्य गर्न ।
 आत्मनिर्भर अर्थतन्त्रका लागि उपभोक्तावादी संस्कृतिको अन्त्य गर्दै उत्पादनको क्षेत्र विस्तार गर्दै घरेलु हस्तकला, मौलिक कला र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न ।
 प्रकृति र स्वस्थकर पर्यावरणका लागि जलवायु अनुकुल विकास र वातावरणबीच सन्तुलन कायम गर्न, आवश्यकता अनुरुप विपद् रोकथाम र व्यवस्थापन गर्न ।
 संरचनागत तथा कानुनी सुधार र प्रभावकारी न्याय सेवा प्रवाह गरी समुन्नत, सुदृढ लोकतन्त्रको आधार सामाजिक न्याय, मेलमिलाप र मानव अधिकारको सुनिश्चितता गर्न गराउन ।
यी यस्ता धेरै उन्नतस्तरका राम्रा नजिरहरु बनाउन सकेकैले, जनताको माया र विश्वास जित्न सकेकै हुनाले आज पनि सबै जनता नेकपा (एमाले) जस्तो राजनीतिक दल नै चाहिरहेका छन् । नेकपा एमाले सदैव देशको विकास, जनताको जीवनस्तर उकास्न र राष्ट्रको स्वाधीनता र राष्ट्रियताको रक्षाका लागि रक्षा कवच तथा ढाल बनेर उभिरहेको जनताले हिजोदेखि देखिहेका छन् भोली पनि त्यही निष्ठाका साथ अगाडि बढिरहने छन् ।
नेकपा एमाले नेपाल र नेपालीप्रति जवाफदेही र मुलुकको भविष्यप्रति इमान्दार, जनताको सबैभन्दा नजिकको सुख दुःखको साथी र प्रतिवद्ध राजनीतिक दल हो भन्ने कुरामा अव कुनै दुविधा छैन र हुनुहुँदैन । अन्य राजनीतिक दलहरूले महिला, जनजाति, दलित, मधेशी, सीमान्तकृत, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र समुदायको अधिकारलाई यो वा त्यो वहानामा कटौति गर्ने कोशिस गरिरहेका छन् । हिजो पनि गठवन्धनका साझेदारले दिलैदेखि चाहेर आएको होईन, एमालेकै जोडबलमा आएको अधिकार हो आज पनि अधिकारको रक्षा एमालेले मात्र गर्न सक्छ भन्ने कुरामा मतदाताहरु अन्यौलमा पर्नु हुँदैन ।
त्यसैले अन्य दलभन्दा एमाले सही भएकै कारण तपाईहरुको अमूल्य मत पाउने नैतिक अधिकार राख्छ भन्ने कुरा आज हामी मुक्तकण्ठले जनता समक्ष अपिल गर्न सक्छौं– कि नेकपा (एमाले)का सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई नै हामीले मतदान गरौँ भन्न चाहन्छौँ । लोकतन्त्रको सदृढीकरण, संवैधानिक व्यवस्थाको सन्तुलित र प्रभावकारी कार्यान्वयन, छिमेकी मुलुकको तुलनामा आकारमा सानो भए पनि विश्वका कैयन देशको तुलनामा नेपाल सानो राष्ट्र होइन । जे जस्तो भए पनि विदेशका अन्य मुलुकहरुकै बराबरीमा हैसियतमा राष्ट्र र जनताको स्वाभिमान र स्वाधिनता, राष्ट्रियताको रक्षा, विकास, मुलुकको स्थिरता, शान्ति, सुरक्षा कायम गर्दै सुशासनयुक्त प्रणाली बनाउन, विश्वको विकसित देशहरुकै दाँजोमा भोलि राष्ट्रलाई माथि उठाउने सामथ्र्य नेकपा(एमाले)संगै छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारहरूलाई सूर्य चिन्हमा मतदान गर्न हामी पेशाकर्मी, मजदुर, श्रमिक, उद्योगी, व्यवसायी, युवा र विद्यार्थी आवद्ध नेकपा(एमाले) उपत्यका विशेष प्रदेश कमिटी सम्पूर्ण आदरणीय मतदाता आमावुवा, दाजुभाइ दिदीबैनीहरुमा हार्दिक आह्वान गर्दछौं ।
नेकपा (एमाले)
उपत्यका विशेष प्रदेश कमिटी

देशभक्त, प्रगतिशिल र जनवादी शक्तिसहितको पार्टी नेकपा(एमाले) लाई मजवुत बनाउन राज्य संरचनाको जगमा रहेको स्थानीय तहको निर्वाचनबाट नेकपा(एमाले) का सूर्यध्वजावाहक उम्मेद्वारहरुलाई जिताउन एकसाथ प्रण गरौं,
“म जिताउँछु मेरो वडा, हामी जिताउँछौं हाम्रो पालिका”
“आफू उम्मेद्वार भए जितेर देखाउने, साथी उम्मेद्वार भए जिताएर देखाउने ।”

आठ सूर्य सात छाप नेकपा (एमाले) जिन्दावाद ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार २२:२८