१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बागी उम्मेदवारलाई कारबाही गरिएन भने अविश्वास पैदा हुन्छ: माधव नेपाल

२३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् ।

‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १७:११