नेकपाका एकता कार्यदललाई प्रतिवेदन बुझाउन भदौ ७ गते सम्मको म्याद
४ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि गठन भएका कार्यदलहरुलाई प्रतिवेदन बुझाउन भदौ ७ गतेसम्मको म्याद दिएको छ । अाज बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदलहरुलाई प्रतिवेदन बुझाउन समय दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यदलहरुलाई रिपोर्ट प्रस्तुत गर्नका लागि साउन मशान्तसम्मको अवधि दिएकाे र अहिलेसम्म कतिपय कार्यदलले रिपोर्ट नदिएकाले अन्तिम पटक भदौ ७ गतेसम्म म्याद दिएकाे श्रेष्ठले बताए ।
अहिलेसम्म पार्टी एकताका लागि प्रदेश स्तरमा गठन भएका कार्यदलको प्रतिवेदन पनि नआएको श्रेष्ठले जानकारी दिए । नेकपाको सचिवालय बैठकले भदौ ८ र ९ गते बस्ने भनेको स्थायी कमिटीको बैठक पनि १९ र २० गतेका लागि सारेको छ ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार २०:२६