राप्रपाका सबै केन्द्रीय पदाधिकारी पदमुक्त
४ भदाै, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा अाज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । पार्टीका पदाधिकारीलार्इ नयाँ ढंगबाट पुनर्गठन गरिने छन् बैठकमा जनाइएकाे छ ।
राप्रपाले देशका सबै प्रदेश र स्थानीय तहमा पार्टीको संगठनलाई सुदृढ ढंगले पुर्याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘यस क्रममा संगठन विभाग र हिन्दूराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धी २ छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको छ ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १९:०५