१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका-६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १७:५२