पाँच भाषामा ट्वीट गर्दै अोलीले भने ‘६ महिनामा मुलुकको विदेश नीतिको जग बस्यो’ (ट्वीटसहित)
३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले एकै दिन पाँच भाषामा ट्वीट गर्दै आफूले सरकार सम्हालेको ६ महिनाको अवधिमा मुलुकको विदेश नीतिको जग बसेको बताएका छन् ।
आइतबार ट्वीटरमार्फत उनले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको र सुशासन र विकासको आधारशीला तयार भएको उल्लेख गरेका छन । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पूरा भएको अवसरमा ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गरेका हुन् ।
ट्वीटमार्फत प्रधानमन्त्री ओलीले सुशासन र विकासको आधारशीला तयार भएको आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
अोलीको ट्वीट–१
मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । pic.twitter.com/Y24jRFqIrv
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
अोलीको ट्वीट–२
प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृद्ध नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/HxYwZOL4L0
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
अोलीको ट्वीट–३
हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/lc4F6iGFxl
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
अोलीको ट्वीट–४
जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/ePQNw2UFAG
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
अोलीको ट्वीट–५
It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/TnsUTvpgK1
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १७:१९