२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

पेटको उपचार गरेर स्वदेश फर्किए कांग्रेस सभापति देउवा

३ भदाै, काठमाडाैँ । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अाइतबार स्वदेश फर्किएका छन्। देउवा नभएका कारण संवैधानिक परिषदको बैठकसमेत बस्न सकेको थिएन । परिषद्को बैठक नबस्दा सर्वोच्च अदालतमा प्रधानन्यायधीसको नाम सिफारिस हुन सकेको छैन।

संसदीय सुनुवाइका लागि प्रधान्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । पत्नी आरजु राणासहित पेटको उपचारका लागि साउन २३ मा देउवा सिंगापुर गएका थिए।

प्रकाशित मिति : 16:42