२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

स्थानीय तहमा कांग्रेसका पाँच प्राथमिकता


११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ ।

कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् । आगामी पाँच वर्षमा स्थानीय तहको विकास र समुन्नतिका लागि ती क्षेत्रलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १६:५१