२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए कामठाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी


११ वैशाख, काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी गरे ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १४:०४