२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

५० वर्षदेखि निरन्तर वडा अध्यक्षमा नरसिंह व्यञ्जनकारको उम्मेदवारी


११ वैशाख, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय रसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । ललितपुर १० को वडा अध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् । ५० वर्षदेखि लगातार वडा अध्यक्षमा निर्वाचित व्यञ्जनकारले यस पटक पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । अपराजित रहेका उनले यस पटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १३:२४