२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत


११ वैशाख, काठमाडौं । काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ । गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १२:४०