२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु


११ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार ११:३८