२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु


११ वैशाख, रोम । इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार ११:११