नुवाकोटको तारकेश्वरको अध्यक्षमा एमालेबाट रमेश वस्ती उम्मेदवार
११ वैशाख, नुवाकोट । नेकपा एमालेले नुवाकोटको तरकेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश वस्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वस्ती अहिले पनि तारकेश्वर गाउँपालिकाका अध्यक्ष हुन ।
नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य वस्ती लोकप्रिय युवा नेता हुन । युनोप्स भन्ने संस्थाले भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार घुम्न अनुरोध गर्दा उनले अस्वीकार गरेका थिए । अध्यक्षका लागि एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि दाबी गरेकी थिइन तर एमालेले जित्ने उम्मेदवारको रूपमा वस्तीलाइ अध्यक्षमा दोहोर्याउने निर्णय गरेको बताएको छ ।
गाउँवस्ती डुल्ने र जनताको घरघरमा पुग्ने नेताको रूपमा परिचत वस्तीले यसअघि भारी मतान्तरले कांग्रेस र माओवादीलाइ पराजित गरेका थिए । गाउँपालिकाको उपाध्यक्षको पनि टुंगो लागिसकेको छ । तर एमाले नेताहरूले उपमेयरको नाम भने बताउन चाहेनन् ।
प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार ०८:५१