२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

नुवाकोटको विदुरमा एमालेबाट सञ्जु पण्डित मेयर र अम्बिका पाैडेल उपमेयरको उम्मेदवार


११ वैशाख, नुवाकोट । नेकपा एमालेले नुवाकोटको विदुर नगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ।  नेकपा एमालेले जिल्ला कमिटी नुवाकोटले सिफारिस गरेको आधारमा विदुरको मेयरमा सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पण्डित र पौडेल दुबै नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका सदस्य हुन । पण्डित २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विदुर नगरपालिकामा मेयरमा विजयी भएका थिए । समाजसेवा समेत सक्रिय पौडेल पनि पार्टी र अखिल नेपाल महिला संघमा क्रियाशिल नेतृ हुन ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार ०७:०७