१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दाङका अर्का चर्चित नेता परशुराम श्रेष्ठले पनि छाडे माओवादी (विज्ञप्तिसहित)

१० वैशाख, घोराही । दाङका अर्का चर्चित नेता परशुराम श्रेष्ठले पनि नेकपा माओवादी केन्द्र परित्याग गरेका छन । शनिबार उनले विज्ञप्ति मार्फत दुइ दशकदेखिको आफ्नो माओवादी पार्टीसँगको नाता तोडेका हुन ।

सक्रिय राजनीतिमा रहेका श्रेष्ठले माओवादीका तर्फबाट विभिन्न राजनीतिक जिम्मेवारी समेत सम्हालेका थिए । घोराही उपमहानगरपालिका –१४ निवासी श्रेष्ठले माओवादीमा देखा परेको चरम अबसरबाद, नातावादले अब पार्टी भनेर बस्नुको कुनै अर्थ नरहेको निष्कर्ष निकालेका छन ।

माओवादी केन्द्र घोराहीको नगर सचिवालय सदस्य, वडा नम्वर १४ को इञ्चार्ज र माओवादी केन्द्रको नेवा मुक्ति मोर्चाको केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ विगत २३ वर्षदेखि माओवादीमा आबद्ध थिए । घोराहीको रैथाने नेवार परिवारका श्रेष्ठले हाल बजारमै विभिन्न व्यवसायको नेतृत्व समेत गरिरहेका छन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २०:४०