२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षकाे उमेरमा निधन


२ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन र नोबेल शान्ति पुरस्कार विजेता तथा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव   कोफी अन्नानको ८० वर्षकाे उमेरमा अाज निधन भएको छ ।

अन्नान केही समयदेखि सामान्य बिराम थिए, सामान्य बिरामकै क्रममा उनको अाज निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।

अन्नानले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । अन्नानको निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार १७:४०