१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

उम्मेदवार छान्न समेत माओवादी केन्द्र रसुवाले गर्यो मतदान

१० वैशाख, रसुवा । नेकपा माओवादी केन्द्र रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनौटका लागि मतदान गरिएको हो ।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा माओवादी केन्द्र रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए । गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उनले बताए । मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १३:३३