१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा

१० वैशाख, सिरहा । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले राजीनामासहित अ‌ाफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाउन थालेका छन् । निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एकदिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

सिरहाको विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईललगायतका सामाग्री जिन्सी शाखालाई बुझाएका छन् । पालिका अध्यक्ष यादवसँगै सवै वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् । त्यसैगरी सिरहा नगरपालिकाका मेयर असेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् । उनीहरु दुवै जना जनता समाजबादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन्।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १२:३५