२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

पूर्व सचिव खनालको अपिल, लुटतन्त्र बनाउने भए गठबन्धलाई साथ नदिउँ


८ वैशाख, काठमाडाैँ । नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनु गलत भएको बताएका छन । पाँच दलीय गठबन्धनका तर्फबाट स्थानीय तहभित्र पर्ने महानगरपालिका र उपमहानगरपालिकाको सहमति सार्वजनिक गर्दै देशैभर गठबन्धन गर्ने निर्णय गरेपछि खनालले यस्तो प्रतिक्रिया दिएका हुन ।

माओवादीले दशेको अर्थतन्त्र ध्वस्त पारेको विश्लेषण गर्ने पूर्व अर्थसचिव खनालले भनेका छन, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु भनेको लोकतन्त्रलाई लुटतन्त्रमा लाने प्रबन्ध हो । विकास र नागरिक सेवा ध्वस्तै बनाउँछन । गठबन्धनलाई साथ नदिउँ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०९:५२