२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

ठमेलको होटल मनाङको सातौँ तलाको छतबाट लडेर पर्यटकको मृत्यु


७ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २१:५४