२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो


२ भदाै, काठमाडाैँ । भारतको केरला राज्यमा केही दिनदेखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्याङ्क अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

मुख्यमन्त्री विजयनले शुक्रबार ट्वीटरमार्फत दिएको जानकारीमा भनिएको छ, “केरलामा बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ । बाढीका कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।” बिहीबारसम्मको तथ्याङ्कको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक सङ्ख्यामा तीन गुणाले वृद्धि भएको देखिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार २३:०५