४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

७ वैशाख, काठमाडाैँ । उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। शुक्रबार बिहान ८ बजे एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौँमा बाँडफाँट हुने भएकाे हाे ।

लघुत्तको आइपीओमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आईपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताको लागि आवेदन परेको छ । जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्ने छन । बाँकी २४ लाख ९ हजार जना आवेदनको हात खाली हुने भएको हो।

कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशनमा ल्याएको थियो। जसमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १४:१३