२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

देवचुली मेयरमा एमालेबाट होम नाथ जैसीसहित यी हुन दाबेदार


७ वैशाख, देवचुली । स्थानीय तहकाे निर्वाचनको निर्वाचन नजिकिँदै जादा चुनावी सरगर्मी बढ्दै गएकाे छ । चुनाव नजिकिँदै जादा आकांक्षीहरु टिकट प्राप्तिका लागि कस्सिएका छन् । नयाँ जिल्ला गण्डकी प्रदेश को नवलपुर देवचुलीमा एमालेबाट ७ जनाले नगरप्रमुख र १० जनाले उपप्रमुखमा दाबी गरेका छन् ।

देवचुलीमा हालका उप मेयर पदमा पार्वता तिवारी , अघिल्लो पटक पराजित हरि न्याैपाने , सहित एमाले नवलपुरका पार्टी सचिवालय सदस्य एवं लामो समय देखि सहकारी र शैक्षिक क्षेत्र सामाजिक सङ सस्था समेत मा याेगदान पुर्याउनुभएका २०४५ अघि पर्वत जिल्ला मा समेत रहि पार्टी काम गरि आउनु भएको पुरानो नेता कुशल संगठनका रुप परिचित हाेमनाथ जैसी , सहित धर्मदत्त भुसाल, खिमानन्द भुसाल, नरदेव न्यौपाने, रामप्रसाद शर्मा मरासिनीले मेयर पदमा आफ्नो दाबी पेस गरेका छन् ।

यसैगरी उपप्रमुख पदका लागि शिवहरी अधिकारी, कल्पना भण्डारी देवकोटा, युवराज वाग्ले, रिमबहादुर आले, दिनाकुमारी पराजुली, पार्वता पाण्डे, दिनानाथ भुसाल, टोपराज कोइराला, तिलप्रसाद पाठक र कल्पना सापकोटाले दाबी पेस गरेकाछन् ।अघिल्लो चुनाव थोरै मत को अन्तर ले मेयर मा उप बिजेता भएको एमाले यो पटक जित हसिल गर्ने गरि तयारी मा जुटेको छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १३:५८