१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत, ५१ वर्षीय डिल्लीराम शिवाकोटी पक्राउ

६ वैशाख, ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।

शिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १४:१२