१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुर्खेत उद्योग वाणिज्य संघमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका कँडेल विजयी

६ वैशाख, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा निवर्तमान ६ दलीय गठवन्धनलाइृ हराउँदै अध्यक्ष पदमा नेकपा एमाले समर्थक लक्ष्मण कँडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कँडेलले ४८ मत अन्तरले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गरेका हुन् । यसैगरी महासचिवमा भद्र भण्डारी विजयी भएका छन् । भण्डारी ८७२ मत सहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी रामप्रसाद जैसीले ८६५ मत प्राप्त गरेका छन् ।

कँडेलले ९११ मत ल्याएर विजयीहुँदा खड्काले ८६३ मत प्राप्त गरे । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेतले ९४१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सूर्यबहादुर रावतले ७३७ मत ल्याएर पराजित भएका छन् । बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावलले ९२० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी दिपेन्द्र ढकालले ७८४ मत ल्याए । यसैगरी उद्योग उपाध्यक्षमा सिंहराज वमले ८६७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रेम पाण्डेले ८५७ मत ल्याएर पराजित भएका छन् ।

महिला उपाध्यक्षमा तारा रावतले ८८२, उपमहासचिवमा कृष्णप्रसाद सुवेदीले ८७५, कोषाध्यक्षमा रामप्रसाद पाण्डेले ९३८ र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्रीले ८६५ मत ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षका उम्मेद्वार कृष्णाकुमारी थापाले ८२१, उपमहासचिवका उम्मेद्वार पूर्णदेव अधिकारीले ८१२, कोषाध्यक्षका उम्मेद्वार राजेन्द्रबहादुर शाहीले ७६५ र सहकोषाध्यक्ष पदका उम्मेद्वार भिमप्रसाद पौडेलले ८३२ मत ल्याएर पराजित भएका छन् । २०५८ मतदातामध्ये निर्वाचनमा १८२४ मत खसेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ११:४६